PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

देउवाको भारत भ्रमण तयारी : रुससहित पाँच देशका सरकार प्रमुखसँग मञ्च सेयर गर्ने



पहिलोपोस्ट

देउवाको भारत भ्रमण तयारी : रुससहित पाँच देशका सरकार प्रमुखसँग मञ्च सेयर गर्ने
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणको तयारीमा छन्। भारतको गुजरात सरकारले आयोजना गर्न लागेको भाइव्रेन्ट गुजरात कार्यक्रममा सहभागी हुन उनी भारत जाने तयारीमा रहेका हुन्।

गुजरात सरकारले प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुने आधिकारिक वक्तव्यमा उल्लेख गरेको छ। यद्यपि, नेपालको परराष्ट्र मन्त्रालयले भने भ्रमण तालिका सार्वजनिक गरिसकेको छैन।

सम्मेलनमा सहभागी हुन नेपाल सहित पाँच देशका सरकार प्रमुख गुजरातमा पुग्ने इन्डियन एक्सप्रेसले जनाएको छ।

सम्मेलनमा रुसका राष्ट्रपति मिखाइल मिशुस्तिन, मोजाम्बिकका राष्ट्रपति फिलिपे ज्यासिन्टो न्यूसी, मोरिससका प्रधानमन्त्री प्रभिन्ड जुग्नाउथ, स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्सा सहभागी हुनेछन्।

जनवरी १०-१२ सम्म चल्ने सम्मेलनमा २६ देश साझेदार राष्ट्रको रुपमा राखिएको छ। २००३ देखि आयोजना थालिएको सम्मेलनमा यो संख्या हालसम्मकै धेरै हो।

त्यस्तै सम्मेलनमा विभिन्न १५ देशका विदेश मन्त्रीहरु सहभागी हुने गुजरात सरकारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell