PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड फेरि अध्यक्ष चयन भएपछि माओवादी बैठक स्थगित, वर्षमान पुन फर्किएपछि बाँकी पदाधिकारी चयन हुने



प्रकाश भण्डारी

प्रचण्ड फेरि अध्यक्ष चयन भएपछि माओवादी बैठक स्थगित, वर्षमान पुन फर्किएपछि बाँकी पदाधिकारी चयन हुने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष चयन गरेसँग आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। पुन २५ गते पुन: बस्नेगरी बैठक स्थगित भएको हो।

आइतवार माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ३६ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधानमा व्यवस्था भएको २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेका थिए। प्रतिनिधिहरुले सर्वसम्मत पारित गरेका थिए।
आज नव निर्वाचित केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका थिए। सँगै बसेको केन्द्रीय समिति बैठकले प्रचण्डलाई पार्टी अध्यक्ष चयन गरेको थियो।

पार्टी अध्यक्षमा पुन: चयन भएपछि प्रचण्डले सम्बोधन गरेका थिए। उनको सम्बोधनपछि बैठक स्थगित गरिएको हो। आजै पदाधिकारीहरुको चयन हुने बताइएको भए पनि अध्यक्ष बाहेकका पदमा कुनै निर्णय भएन।

पार्टीको महासचिव को बन्ने भन्ने विषय माओवादीभित्र पेचिलो मुद्दा रहँदै आएको छ। प्रत्यासीहरु धेरै भएकाले प्रचण्डलाई उक्त पद व्यवस्थापनमा कठिनाइ भइरहेको छ। महासचिवका प्रत्यासी मध्येका एक वर्षमान पुन उपचारका लागि यतिखेर चीनमा छन्। उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती पनि उतै छिन्। महाधिवेशनमा दुवै केन्द्रीय सदस्य चयन भइसकेका छन्।

केन्द्रीय सदस्य रेणु चापागाईले दिएको जानकारी अनुसार पुन र घर्ती नेपाल आइसकेपछि बैठक बस्ने छ।

त्यसैले २५ गतेका लागि बस्ने गरी आज बैठक स्थगित गरिएको हो। दुवैजनाको अनुपस्थितिमा थप पदाधिकारी चयन गर्नु ठीक नभएको जनाउँदै बैठक सरेको हो। 

मा‌ओवादी केन्द्रको महासचिवमा पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायतका नेता आकांक्षी छन्। यही पदका कारण अन्य पदमा नेता चयन हुने हुने विषय लम्बिएको हो। वर्षमान पुन भोलि नेपाल फर्किने कार्यक्रम छ। उनले चीनमा नै बसेर महासचिवको दावेदारी पेश गरेको माओवादी नेताहरुले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell