PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बालकोटमा कौसी खेती गर्दै पूर्व प्रम केपी ओली र उनकी पत्नी राधिका



पहिलोपोस्ट

बालकोटमा कौसी खेती गर्दै पूर्व प्रम केपी ओली र उनकी पत्नी राधिका

काठमाडौं : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निवासको कौसीमा व्यस्त रहे।

उनको निवास बालकोटमा कौसीखेतीमा ओली र उनकी पत्नी राधिका शाक्य व्यस्त देखिए। मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधि प्रयोग गर्दै उत्पादन गरेको कम्पोस्ट मलको प्रयोग गरेर आजबाट कौसी खेती प्रवर्द्धन गर्दै आएको छ। त्यसै क्रममा आज केपी ओलीको कौसीमा पनि त्यसको सुरुवात गरिएको हो। 

नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले ओली र श्रीमती राधिका शाक्यले बालकोटस्थित घरमा कौसीमै खेती गर्न निश्चित क्षेत्र बनाएको जानकारी गराएका छन्।  

ओली र शाक्यलाई प्राविधिकहरुले आज कौसी खेतीबारे जानकारी दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell