PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पराजित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड १-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा वुल्भ्सका जोआओ माउन्टिन्होले निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गरेको गोलसँगै वुल्भ्सले ओल्ड ट्राफोर्डमा सन् १९८० यता पहिलो पटक युनाइटेडलाई हराएको हो।

जितसँगै वुल्भ्स २८ अंक जोडेर अंक तालिकाको ८ औं स्थानमा उक्लिएको छ भने युनाइटेड ३१ अंक जोडेर सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell