PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सानेपाको केन्द्रीय कार्यालय साँघुरो हुँदै कांग्रेसलाई, केन्द्रीय समिति झन्डै दोब्बर हुँदा पार्किङमै समस्या

सानेपाको केन्द्रीय कार्यालय साँघुरो हुँदै कांग्रेसलाई, केन्द्रीय समिति झन्डै दोब्बर हुँदा पार्किङमै समस्या

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएसँगै सानेपाको बीपी भवन नेता कार्यकर्ताका लागि साँघुरो हुन थालेको छ। सोमवार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि पार्किङ व्यवस्थापन मुश्किल बनेको थियो।

१३ औं महाधिवेशनमा ८५ जनाको कार्यसमिति रहेको थियो। १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ केन्द्रीय कार्यसमिति निर्वाचित भएका छन्। जसमा ३३ जना मनोनीत र सभापतिको रेसमा दोस्रो बनेका डा शेखर कोइरालासहित १६८ जनाको केन्द्रीय समिति हुने भएको छ।

यसले केन्द्रीय समिति बैठक हुँदा पार्किङको समस्या यथावत रहने केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए। सोमवार यही समस्या देखिएपछि धेरै जसो केन्द्रीय सदस्यहरुले मनमोहन पार्कतिर रहेको करिडोरतिर पार्किङ गरेका थिए। यसो त केन्द्रीय कार्यसमिति झन्डै दोब्बर हुँदा बैठकसमेत नियमित स्थानमा हुन छाडेको छ। तेस्रो तल्लामा  हुने केन्द्रीय समितिको बैठक कोभिडपछि पहिलोतल्लामा सभा कार्यक्रम आयोजना गर्ने हलमा हुन थालेको थियो। सोमबारको कार्यसमितिको बैठक यही हलमा बसेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell