
पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ११ हजार ७ जना संक्रमण मुक्त भएका छन्।
भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो। सोमवार ३३ हजार बढीमा संक्रमण देखिएको थियो। त्यो संख्या दैनिक पुष्टि भएका संक्रमितको संख्यामा ५ गुणा बढी थियो।
यस्तै, संक्रमणका कारण थप १२४ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ४ लाख ८२ हजार १७ पुगेको छ।
India reports 37,379 fresh COVID cases, 11,007 recoveries, and 124 deaths in the last 24 hours
— ANI (@ANI) January 4, 2022
Daily positivity rate: 3.24%
Active cases: 1,71,830
Total recoveries: 3,43,06,414
Death toll: 4,82,017
Total vaccination: 1,46,70,18,464 pic.twitter.com/z9Qj9XPSfw
संक्रमितको संख्या बढेसँगै विभिन्न राज्यहरुले प्रतिबन्धहरु लागू गर्न सुरु गरेका छन्। केही राज्यहरुले रात्रिकालीन कर्फ्यू घोषणा गरिसकेका छन् भने भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ।