PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भारतमा एकैदिन ३७ हजार बढीमा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

भारतमा एकैदिन ३७ हजार बढीमा देखियो कोरोना संक्रमण
Photo : CNN

पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। ११ हजार ७ जना संक्रमण मुक्त भएका छन्।

भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो। सोमवार ३३ हजार बढीमा संक्रमण देखिएको थियो। त्यो संख्या दैनिक पुष्टि भएका संक्रमितको संख्यामा ५ गुणा बढी थियो।

यस्तै, संक्रमणका कारण थप १२४ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ४ लाख ८२ हजार १७ पुगेको छ।

संक्रमितको संख्या बढेसँगै विभिन्न राज्यहरुले प्रतिबन्धहरु लागू गर्न सुरु गरेका छन्। केही राज्यहरुले रात्रिकालीन कर्फ्यू घोषणा गरिसकेका छन् भने भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell