PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी छ। ओमनमा हुने आइसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु भएको थियो।

आजको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्‍यान) ले कारवाही गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरु क्रिकेट मैदानमा पुगेका छन्।

खेलाडी वर्गीकरण विवादका कारण क्यान र खेलाडीबिच मतभेद बढेपछि ज्ञानेन्द्रसहित चारजना खेलाडीलाई क्यानले कारवाही गरेको थियो। यस्तै सन्दीप लामिछानेलाई कप्तानी दिएको थियो। चार खेलाडीसहित अन्य खेलाडीले बन्द प्रशिक्षणमा सहभागी नहुने भनेपछि आइतवार क्यान र कारवाहीमा परेका खेलाडीबिच सहमति भएको थियो। जस अनुसार टिमको कप्तान सन्दीप नै रहने र अन्य कारवाहीमा क्यान लचक हुने बताइएको थियो।

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए। आजको प्रशिक्षणमा २८ जना उपस्थित छन्। कप्तानीको जिम्मेवारी पाएका सन्दीप भने अहिले अन्तर्राष्ट्रिय लिग खेल्न बाहिर छन्। यस्तै, सागर ढकाल पनि आजको प्रशिक्षणमा पुगेनन्।



ट्रेन्डिङ पोस्ट

Ncell