PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


गुइयाङ : दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।

स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो।

मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार गरिएको छ। तीमध्ये तीन जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। उनीहरुको अवस्था स्थिर रहेको छ। निकालिएका ५ जनाको मृत्यु पुष्टि भएको छ।

सात सय २० जना आपतकालीन उद्धार कर्मचारी पहिरो पन्छाएर मानिसको उद्धारका लागि खटेका छन्। उनीहरुले बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell