PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'रेलको बाटो' बाट कर्णालीको कथा भन्दै जीबी चिरन



पहिलोपोस्ट

'रेलको बाटो' बाट कर्णालीको कथा भन्दै जीबी चिरन

काठमाडौं: 'रेलको बाटो' बोलको चर्चित गीतको नामबाट फिल्म बन्ने पक्का भएको छ। मोडल चिरञ्जीवी सापकोटा (जीबी चिरन) ले 'रेलको बाटो' निर्माण गर्ने तयारी गरिरहेको बताए।

'गीतको नाम सापटी लिएर फिल्म बनाउने ट्रेन्ड पहिलेदेखि चल्दै आएको हो। तर फिल्मको कथा गीतको भिडियोभन्दा फराकिलो हुनेछ। हामीले नाम मात्रै सापटी लिएका हौँ। चलचित्र विकास बोर्डमा फिल्म दर्ता समेत गरिसकेका छौँ। फिल्मले कर्णालीको कथा र व्यथा बोल्नेछ' चिरनले भने।

कलाकार जीबी चिरन नै फिल्मको मुख्य भूमिकामा देखिनेछन्। विन्दास प्रोडक्सनले निर्माण गर्ने यस फिल्मको यतिखेर कथा लेख्ने काम भइरहेको छ।

सम्पुर्ण फिल्मको टिम फाइनल भएपछि एक प्रेस मिट गरेर फिल्मको औपचारिक घोषणा गर्ने समेत उनले बताए।

'निर्देशकबारे टिममा एकखाले छलफल भइसकेको छ। कलाकारहरु पनि प्रायः थिएटरतिरको हुनुहुनेछ' उनले भने।

दुई/तीन महिनापछि छायाङ्कनमा जाने सोच रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell