PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

आजबाट कोरोनाविरुद्धको खोपको थप एक मात्रा दिन सुरु, क-कसले पाउँछन् तेस्रो डोज?



पहिलोपोस्ट

आजबाट कोरोनाविरुद्धको खोपको थप एक मात्रा दिन सुरु, क-कसले पाउँछन् तेस्रो डोज?

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट विश्वभर फैलिरहेको अवस्थामा नेपालमा आजबाट कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिन सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयकाले निश्चित समूहलाई खोपको थप मात्रा दिन सुरु गरेको जनाएको हो।  

कोभिड १९ विरुद्धको पूर्ण मात्रा (दुई डोज) लगाएको ३ महिना पुगेकाहरुलाई पहिला जुन खोप लगाएको हो सोही खोपको थप एक मात्रा दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आजबाट दिन सुरु गरिएको खोपको थप एक मात्रा 'बुस्टर डोज' नभएको जनाएको छ। 'यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिइने थप एक अतिरिक्त मात्रा हो,' मन्त्रालयले भनेको छ।

खोप लगाउन तोकिएको लक्षित समूहले यसअघि पूर्ण खोप लगाएको कार्ड लिएर नजिकैको खोप केन्द्रमा जानुपर्नेछ।

क-कसले पाउँछन् खोपको थप मात्रा ?

  • मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति 
  • सक्रिय क्यान्सर रोगीहरु
  • अंग प्रत्यारोपण गरेका बिरामीहरु
  • एच आइभी भएका बिरामीहरु
  • उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामीहरु
  • भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell