PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

फेरि अनिश्चितकालका लागि स्थगित भयो 'प्रेम गीत ३' को रिलिज मिति



पहिलोपोस्ट

फेरि अनिश्चितकालका लागि स्थगित भयो 'प्रेम गीत ३' को रिलिज मिति

काठमाडौं : नेपाली फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति स्थगित गरिएको छ। यो फिल्म फागुन १३ गते रिलिज हुने भनिएको थियो। तर, फिल्म टिमले अनिश्चितकालका रिलिज डेट 'पोस्टपोन्ड' गरेको हो।

फिल्मका निर्माता/निर्देशक सन्तोष सेनले फिल्मको रिलिज मिति स्थगित गरेको फेसबुकमार्फत जानकारी दिएका छन्। विश्वभर एकै दिन फिल्म रिलिज गर्ने तयारी थियो। भारतीय वितरकले पनि सबै ठाउँ एकैदिन फिल्म प्रदर्शन गर्न उनलाई आग्रह गरेका थिए। यस फिल्मलाई हिन्दी भाषामा समेत डबिङ गरिएको छ। नेपालसँगै भारत र विश्वभर एकसाथ रिलिज गर्ने तयारी निर्माण पक्षको थियो। हाल भारतमा कोरोना संक्रमण बढ्दै गएपछि धमाधम फिल्महरुले रिलिज मिति स्थगित गरिरहेका छन्।

यस्तै क्रममा एउटै मितिमा फिल्म प्रदर्शन गर्ने आग्रहलाई ध्यानमा राख्दै फिल्मको रिलिज मिति पोस्टोन्ड गरेको उनले उल्लेख गरेका छन्।

स्वर्गिय छेतेन गुरुङको कथा/ निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, मनिष राउत, पुस्कर कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell