PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

अबको निर्वाचनमा म पनि मतदाता ! निर्वाचन आयोगको चौरमा घुइँचो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको छ। पहिलो चरणमा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो। त्यसमा छुटेकाहरुलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरिएको छ।

काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि बिहानैदेखि मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो लागेको छ। काठमाडौं बाहिर घर भएकाहरु मतदाता नामावलीमा नाम लेखाउन कार्यालय पुगिरहेका छन्। निर्वाचन आयोगको चौरमा बसेर युवाहरु मतदाता नामावलीको फर्म भरिरहेका छन्।

निर्वाचन आयोगले आउने वैशााखमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell