
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
दिपक बोहरा,हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगरलाई केन्द्रीय सदस्यमा मोनितत गरिएको राप्रपाले जनाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले टंक ढकाल, प्रेम बहादुर भण्डारी,निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङलाई केन्द्रीय सदस्य बनाएका हुन्।
ठाकुर प्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी, भक्ति प्रसाद सिटौला, मोहन कुमार श्रेष्ठ पनि केन्द्रीय सदस्यमा मनोनित भएको राप्रपाले जनाएको छ।
यस्तै, केन्द्रीय सदस्यमा मनोनित हुने सूचीमा झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह (भोला), रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती छन्।
के.सी. अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बर बहादुर विष्ट र नवीन शाही पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा कमल थापालाई हराएर लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए।