PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक



पहिलोपोस्ट

पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाएका छन्। संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले पुस २५ गते आइतवारका लागि बैठक बोलाएको जानकारी दिएको हो।

यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

आफूले कारवाही गरेका सांसदहरु हटाएको सूचना सभामुख अग्नि सापकोटाले निकाल्नु पर्ने भन्दै एमालेले यसअघिको संसद् अधिवेशनदेखि नै प्रतिनिधिसभा र राष्ट्रियसभा अवरोध गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell