PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्। यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन्। सरदारलाई अभिराम शर्माले प्रस्ताव र गौरीनारायण शाहले समर्थन गरेका छन्।

माओवादी केन्द्रबाट पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छिन्। उनलाई नगिना यादवले प्रस्ताव र सीता साहले समर्थन गरेका छन्।

नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारहरु निर्वाचन कार्यालय आउने क्रममा छन्। आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell