
बुटवल : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनका तीनजना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका तर्फबाट दलित, महिला र अन्य गरी तीन पदमा मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्ताका लागि गठबन्धनका नेता कार्यकर्ताहरू आ–आफ्नो झण्डा बोकेर जुलुससहित दाङस्थित प्रदेश निर्वाचन कार्यालय घोराही पुगेका थिए।