PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारत भौतिकरुपमा सहभागी नभए भर्चुअल रुपमा होस्, हामी सार्क सम्मेलन गराउँछौँ : पाकिस्तान



पहिलोपोस्ट

भारत भौतिकरुपमा सहभागी नभए भर्चुअल रुपमा होस्, हामी सार्क सम्मेलन गराउँछौँ : पाकिस्तान
PHOTO : MoFA.PK

पाकिस्तानले अझै पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन आयोजनाका लागि तयार रहेको जनाएको छ।

सोमवार गत वर्षको वार्षिक प्रगति सुनाउन पत्रकारमाझ इस्लामावादमा उपस्थित भएका पाकिस्तानी विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले १९ औं शिखर सम्मेलन आयोजनाका लागि अझै पनि पाकिस्तान तयार रहेको दोहोर्‍याएका हुन्। 

गत सातामात्र सार्कका महासचिव एसला रुवान विराकुनले पाकिस्तानको भ्रमण गरेका थिए। इस्लामावाद पुगेका सार्कका महासचिवसँग पाकिस्तान अझै पनि सार्क सम्मेलन आयोजनाका लागि तयार रहेको दोहोर्‍याएको उनले बताए। 

विदेशमन्त्री कुरेसीले शिखर सम्मेलन हुन नसक्नुमा भारतको दोषी रहेको भन्दै भारतलाई समेत सम्मेलनमा सहभागी हुन निम्तो रहेको बताए।

‘हामी १९ औँ शिखर सम्मेलन आयोजना गर्न तयार छौँ र यसमा सहभागी हुन भारतलाई निम्तो छ। यदि भारतीय नेतृत्वलाई भौतिक रुपमा शिखर सम्मेलनमा भाग लिन इस्लामावाद आउने इच्छा छैन भने ऊ भर्चुअल माध्यमबाट भए पनि शिखर सम्मेलनमा सहभागी हुनसक्छ। तर, भारतले अरु सदस्यलाई सम्मेलनमा भाग लिन रोक्न भएन,’ उनले भने।

शिखर सम्मेलनका क्रममा उनले सार्क कोभिड-१९ आपतकालीन कोष मार्फत् सार्क सदस्य राष्ट्रहरु श्रीलंका, नेपाल, बंगलादेश र मालदिभ्सलाई महामारी विरुद्ध स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell