PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरी बिट अगाडि बसेर नै सडक बन्द गर्दै जनमत पार्टीका कार्यकर्ता, नागरिकलाई सास्ती



पहिलोपोस्ट

प्रहरी बिट अगाडि बसेर नै सडक बन्द गर्दै जनमत पार्टीका कार्यकर्ता, नागरिकलाई सास्ती

बुटवल : डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि भैरहवा–भूमही सडकखण्ड बन्द गराउँदा नागरिकलाई सास्ती भएको छ।

रुपन्देही र पश्चिम नवलपरासीको हुलाकी सडक क्षेत्र आसपासमा निरन्तर प्रदर्शन गर्दै आएका उनीहरुले परासीको कसियास्थित प्रहरी बिट अगाडि बसेर सडक बन्द गराउँदै आएका छन्। प्रहरीले बन्द स्थानदेखि आधा किलोमिटरको दुरीमा बसेर सवारीसाधनलाई रोकेर राखेको छ।

छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडकखण्ड हुँदै आवतजावत गर्ने गर्छन्। १५-२० जनाको समुहमा रहेका उक्त पार्टीका कार्यकर्ताहरुले दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गराउँदै आएका छन्। जसका कारण सो सडक खण्डमा चल्ने सवारीसाधन ८ घण्टासम्म सडकमै रोकिन बाध्य भएका छन्।

बुटवल–नारायणगढ सडकखण्ड निर्माणको क्रममा रहेकोले अधिकांश ढुवानीका मालवाहक सवारीसाधनहरुले सोही सडक खण्ड प्रयोग गर्दै आएका छन्।

जनमत पार्टीले किसानमाथीको दमन बन्द गर्नुपर्ने, किसानलाई समयमै मलखाद, बीउविजन र सिचाइँको व्यवस्था गरिदिनु पर्ने, सिचाइँको लागि प्रयोग गरिने बिजुली निःशुल्क गर्नुपर्ने, किसानहरुको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरी रहेको छ।

जनमत पार्टीले आन्दोलन अनिश्चित रहेको बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell