PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी

बुटवल : राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

एमालेको तर्फबाट दलित, महिला र अन्य गरि तीन पदमा मनोनयन दर्ता गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। दलित तर्फ गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनाल र दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।

राष्ट्रिय सभा निर्वाचनमा सत्तापक्ष गठबन्धन र एमालेका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने भएको हो।

एमालेले भन्दा अगाडि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराइसकेका छन्। नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकिकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माको मनोनयन दर्ता गराएका छन्। यससँगै लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी परेको हो।

माघ १२ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा २९६ मतदाता रहेका छन्। जस मध्ये ८१ जना प्रदेशसभा सदस्य र २१५ जना स्थानीय तहका नगर प्रमुख-उप–प्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell