PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रचण्डलाई बाबुरामको शुभकामना : ध्रुविकरणमा बल पुगोस्



पहिलोपोस्ट

प्रचण्डलाई बाबुरामको शुभकामना : ध्रुविकरणमा बल पुगोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका छन्।

अध्यक्षमा ८ औं महाधिवेशनबाट निर्वाचित भएका प्रचण्डलाई भट्टराईले ट्वीट मार्फत् मंगलवार शुभकामना दिएका हुन्। माओवादी केन्द्रको केन्द्रीय कमिटिको बैठकले सोमवार अध्यक्ष चयन गरेको थियो।

भट्टराईले शुभकामना दिँदै सहकार्यका लागि आह्वान गरेका छन्। उनले भनेका छन्, 'नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुन: निर्वाचित हुनु भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवाद विरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुविकरणमा बल पुगोस् थप शुभेच्छा!'

२०७२ सालमा माओवादी पार्टीबाट अलग भएर नयाँ शक्ति गठन गरेका थिए।

माओवादीमा प्रचण्डको आलोचकका रुपमा रहेका बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनपछि प्रचण्डसँगै सहकार्य गरेर आन्दोलनमा उत्रिएका थिए।

प्रचण्डले पनि पूर्व माओवादी एक हुनुपर्ने भन्दै नेताहरुसँग संवाद गरिरहेको बताइन्छ। माओवादीको महाधिवेशन उद्घाटनमा पुस ११ गते नेकपा  क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टी एकताका लागि शर्तहरु राख्दै एकता सम्भव भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell