PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राष्ट्रियसभा सदस्यमा गण्डकीबाट तीन सिटका लागि क-कसको उम्मेदवारी ?



पहिलोपोस्ट

राष्ट्रियसभा सदस्यमा गण्डकीबाट तीन सिटका लागि क-कसको उम्मेदवारी ?

पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशबाट तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको हो। जसमध्ये तीन नेकपा एमालेका, दुई नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) र नेपाली कांग्रेसबाट एकजनाको छन्।

निर्वाचनका लागि एमाले उम्मेदवारहरुले बिहानै मनोनयन दर्ता गराएका थिए। स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै गठबन्धन सरकारको तर्फबाट दुई सिटमा माओवादीले र एक सिटमा कांग्रेसले उम्मेदवारी दिएको छ। माओवादीका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका छन्। त्यस्तै कांग्रेसबाट कमला पन्तले मनोनयन दर्ता गराएकी छिन्।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज सातै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम रहेको थियो। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन्। ६० सदस्यीय गण्डकी प्रदेशसभा हाल ५९ जना सदस्य छन्।  २७ जना एमाले, कांग्रेसका १५ जना , माओवादीका १२ जना, जसपाका २ जना, जनमोर्चा  र स्वतन्त्र १-१ गरि ५९ सदस्य प्रदेशसभामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell