PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कर्मा छिरिङलाई गणेश थापाको पत्र : कि आरोप प्रमाणित गर्नुस् नत्र आफैँ कारबाहीको भागीदार हुनुस्



पहिलोपोस्ट

कर्मा छिरिङलाई गणेश थापाको पत्र : कि आरोप प्रमाणित गर्नुस् नत्र आफैँ कारबाहीको भागीदार हुनुस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले पटकपटक विभिन्न आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्।

शेर्पाले आफूमाथि भ्रष्टाचार लगायतका आरोप लगाएको र पछि आत्मआलोचना समेत गरेको उल्लेख गर्दै थापाले पुस २२ गते बस्ने भनिएको संघको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्न अवसर मिलाइदिन अनुरोध गरेका छन्।

शेर्पालाई पत्र लेख्दै थापाले भनेका छन, 'तपाईले लगाएका आधारहीन आरोपहरुबारे संघको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिवार्य बनेको छ।'

फिफाले आफूलाई फुटबलबाट प्रतिबन्धित गरेपनि संघको बैठक कुनै फुटबल गतिविधि नभएको थापाको भनाइ छ। उनले शर्पा र आफूबिचको विवाद नितान्त व्यक्तिगत विषय भएको भन्दै समितिको बैठकमा आफूले फिफासँग सम्बान्धित नभइ शेर्पाले लगाएका आरोपहरुका बारेमा मात्र रहेको बताएका छन्।

उनले आफूमाथि लगाइएका आरोपहरु प्रमाणित गर्न शर्पालाई चुनौती समेत दिएका छन्। उनले आफूमाथि लगाएको कारवाही पुष्टि गर्न नसकेको खण्डमा शेर्पा आफै कारवाहीको भागिदार बन्नुपर्ने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell