PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

तयारी अनुगमन गर्न राष्ट्रपति सी पुगे शीतकालीन ओलम्पिक हुने स्थानहरु



पहिलोपोस्ट

तयारी अनुगमन गर्न राष्ट्रपति सी पुगे शीतकालीन ओलम्पिक हुने स्थानहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ को ओलम्पिक र पारा ओ‌लम्पिक शीतकालीन खेलको तयारीको अवस्थाको अवलोकन गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका महासचिवसम्त रहेका राष्ट्रपति सीले त्यहाँको नेशनल स्पीड स्केटिङ ओभल, मुख्य मिडिया सेन्टर, खेलाडीहरुका लागि बनाइएको घर, गेम टाइम अपरेसन कमाण्ड सेन्टर र शीतकालीन खेल प्रशिक्षण केन्द्रको अनुगमन गरेका हुन्। 

सो अनुगमनका क्रममा उनले चिनियाँ खेलाडीहरुको तयारीको अवस्था बारे जानकारी समेत लिएका थिए। उनले खेलाडी, स्वंमसेवक, प्रशिक्षकहरुलाई नयाँ वर्षको शुभकामनासमेत दिएको सिन्ह्वाले जनाएको छ। 

सन् २०२२ को शीतकालीन ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म र पारा ओलम्पिक शीतकालीन खेलहरु मार्च ४ देखि १३ सम्म बेइजिङमा हुँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell