PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

राष्ट्रियसभा निर्वाचनलाई देखाएर सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनलाई देखाएर सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लामा बांकी रहेको जिल्ला अधिवेशनको मिति परिवर्तन भएको छ।

यसअघि अधिवेशन हुन नसकेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको थियो।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै आज बसेको बैठकले मिति परिवर्तन गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

अब जिल्ला कार्यसमितिको निर्वाचन हुन बांकी जिल्लहरुमा पुस १५ गतेका लागि नयाँ मिति तोकिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell