PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

फिल्म 'हामी तीन भाइ' को गीतमा अस्मिता अधिकारीको स्वर



पहिलोपोस्ट

फिल्म 'हामी तीन भाइ' को गीतमा अस्मिता अधिकारीको स्वर

काठमाडौं:  फिल्म 'हामी तीन भाइ' को गीत रेकर्डिङ सुरु गरिएको छ। शुलभमणि सापकोटाको शब्द रहेको गीतमा साप शक्तिको संगीत रहेको छ। ‘झम्के फूली’ बोलको गीतमा गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। साथै संगीतकार शक्तिले पनि गीतमा अस्मितालाई साथ दिएका छन्।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ।

पारिवारिक प्रेम कथामा आधारित रहने फिल्मको लागि केही मुख्य कलाकारहरुको छनोट भइरहेको छ। प्रसिद्धि सिने आर्टसको ब्यानरम निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन, सुलभ मणि सापकोटाको गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ।

करिब १७ वर्षअघिको फिल्म 'हामी तीन भाई' निकै हिट फिल्म हो। यस फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, रेखा थापा र नन्दिता केसी लगायतको अभिनय रहेको थियो। पुन: सोही फिल्मको नामबाट फिल्म बन्ने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell