
चीनकै सबैभन्दा लामो 'अन्डरवाटर हाइवे टनल' को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको 'अन्डरवाटर हाइवे टनल' को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्याइएको हो।
सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनिबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त 'अन्डरवाटर' सुरुङ राजमार्गको लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ। करिब १.५६ बिलियन डलरमा यो योजना निर्माण सम्पन्न भएको हो। ४९.९ किलोमिटर लामो चाङझाउ-उसी राजमार्ग अन्तर्गत यो सडक पर्छ।
दुई तर्फी टनल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको थियो। टनलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ।
टनलको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ।