.jpg)
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आफूले हालसम्म कुनै पदमा दाबी नगरेको बताएका छन्। माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ। हलसम्म कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै अध्यक्षमा चयन गरेको छ।
गुरुङले २५ गते बस्ने कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउनेमा आफू आशावादी रहेको समेत बताए। वर्षमान पुन बाहिर रहेको र पदाधिकारीमा उनको पनि दाबी रहेकोले पदाधिकारी चयनमा ढिलाइ भएको उनले बताए।
हाल महासचिव पदमा गुरुङले वर्षमान र जनार्दन शर्माको दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको उनले बताए। तर, दुवैको नाममा सहमतिमा जान सक्ने अवस्था नरहेमा महासचिवमा सिनियर कमरेडहरुको नाम प्रस्ताव आएको उनले बताए।
आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको उनले बताए।
‘वर्षमान पुन र जनार्दन शर्मा को नाम सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर आइरहेको छ। उहाँहरुको दाबेदारी रहेको स्थितीमा अध्यक्ष कमरेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास गरिरहनु भएको छ। उहाँहरु दुईजना बिचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कमरेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ' गुरुङले भने, 'अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन। अस्वीकार गर्ने भन्ने कुरा हुँदैन।'
उनले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन्।
आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने उनले जानकारी दिए। उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको सुझाव लिएर अगाडि बढ्ने बताएका छन्।
'पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु भन्दा पदाधिकारीहरु सहमतिमै चयन गर्नुपर्छ' उनले भने।