PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बिहीवार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित



पहिलोपोस्ट

बिहीवार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन्।

नेकपा एमालेले आफूले कारवाही गरेका सांसदहरु हटाउनुपर्ने भन्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell