PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार



पहिलोपोस्ट

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
Photo : KCNA VIA REUTERS

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। जापानी कोस्ट गार्डहरुले मिसाइल प्रहार गरिएको पहिलो सूचना दिएको बीबीसीले जनाएको छ।

गत महिना नेता किम जोङ उनले आफ्नो रक्षा क्षमता बढाउने घोषणा गरेपछि पहिलोपटक मिसाइल प्रहार गरेको हो।

दक्षिण कोरियाले उत्तर कोरियाली रकेट प्रहारबारे अमेरिकी निकायसँग मिलेर विश्लेषण गरिरहेको जनाएको छ। जापानका रक्षा मन्त्री नोबु किसीका अनुसार उक्त मिसाइल करिब ५०० किलोमिटरसम्म उडेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell