PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सबै निर्वाचनमा गठबन्धनले निरन्तरता पाउँछ : माधव नेपाल



पहिलोपोस्ट

सबै निर्वाचनमा गठबन्धनले निरन्तरता पाउँछ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा देखिने गठबन्धनको सहकार्य अरू निर्वाचनहरुमा समेत निरन्तर जारी रहने बताएका छन्।

शंकरापुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनका दलहरुबिच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताएका हुन्। उनले आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको दाबी समेत गरे।

नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell