PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

टेनिसका स्टार जोकोविचलाई प्रवेशमा रोकेपछि अस्ट्रेलियन प्रधानमन्त्रीको टिप्पणी: नियम भनेको नियम हो



पहिलोपोस्ट

टेनिसका स्टार जोकोविचलाई प्रवेशमा रोकेपछि अस्ट्रेलियन प्रधानमन्त्रीको टिप्पणी: नियम भनेको नियम हो

टेनिस स्टार नोभाक जोकोविचलाई अस्ट्रेलियाले आफ्नो देशमा प्रवेशका लागि आवश्यक प्रक्रिया पुरा नगरेको भन्दै प्रवेशमा रोक लगाएको छ। दुबईबाट अस्ट्रेलिया पुगेका जोकोविचलाई मेलबर्नस्थित विमानस्थलमा केहीघण्टा रोकेपछि बोर्ड फोर्सले प्रवेशका लागि आवश्यक प्रकृया पुरा नभएको जनाएको थियो।

अस्ट्रेलियन ओपन खेल्न पुगेका उनले आफ्नो कोभिडविरुद्धको खोपबारे खुलाएका छैनन्। अघिल्लो वर्ष उनले आफू खोपको विरोधमा रहेको बताएका थिए।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसरी प्रवेशमा रोक लागेको जोकोविच एकजनामात्र नभएको बताउँदै देशको नियमभन्दा कोही पनि माथि नहुने स्पस्ट पारेका छन्। विहीवारको पत्रकार सम्मेलनमा बोल्दै मोरिसनले उनले मेडिकलसम्बन्धी दिएको जानकारीहरु अपर्याप्त भएको जनाए।

अब जोकोविचले कानुनी अपिल गर्न सक्ने या नयाँ भिसाका लागि आवेदन दिन सक्ने त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। हाल उनलाई मेलबर्नकै एउटा होटलमा राखिएको रोयटर्सले जनाएको छ।

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले जोकोविचमाथिको निर्णय कठिन तर न्यायोचित रहेको बताएका छन्।

अर्कोतर्फ जोकोविचको देश अर्थात सर्वियामा भने उनका पिता सर्जन जोकोविचले प्रहरीको घेराबन्दीमा राखिएको आरोप लगाएका छन्। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुसिकले यो जोकोविचमाथिको 'ह्यारेसमेन्ट' भन्दै सारा सर्विया उनको समर्थनमा हुने बताएका छन्।

अस्ट्रेलियन ओपन जनवारी १७ बाट मेलबर्नमा सुरु हुँदैछ। जोकोविचले यो प्रतियोगिताको उपाधि ९ पटक जितिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell