PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

८६ वर्षीय कृषि वैज्ञानिक जसले विकास गरेको मकैका प्रजातिले चीनको खाद्य सुरक्षा कार्यक्रममा आशा थपेको छ



पहिलोपोस्ट

८६ वर्षीय कृषि वैज्ञानिक जसले विकास गरेको मकैका प्रजातिले चीनको खाद्य सुरक्षा कार्यक्रममा आशा थपेको छ

८६ औं जन्मदिनमा चङ सियाङवेन, मकैको आकारमा तयार पारिएको केक काट्दै थिए। उनको लागि भनेर उनका सहकर्मीहरुले मकैको आकारमा केक ल्याएका थिए।

'मेरो जन्मदिनको चाहना भनेको मकैका थप अलसल प्रकार तयार गर्नु हो,' उनले भनेका छन्। जन्मदिन मनाएसँगै उनी एउटा अर्को यात्रामा निस्किए- दक्षिण चीनको हेनान प्रान्तको सान्या। जहाँ उनले आफ्नो जीवनको ठूलो हिस्सा काम गरेरै बिताए।

८६ वर्षीय चङ एक कृषि वैज्ञानिक हुन्। र, उनले आफ्नो जीवनको अधिकांश समय मकैको अध्ययन र उत्पादनमा लगाए। उनी हरेक नोभेम्बरमा सान्या आउँछन्। र मकैको 'प्रागशेचन'का लागि ६ महिना बस्छन्। चङको काम चीनको कृषि तथा खाद्य सुरक्षा बढाउने प्रयासको एक अंश हो।

पछिल्ला वर्षहरुमा चीनको खाद्य सुरक्षा नीतिले आफ्ना १ अर्ब चालिस करोड जनसंख्याको जीवनस्तर उकास्दै विश्वको खाद्य सुरक्षालाई योगदान दिएको छ। २०२२ मा पनि चीनको प्राथमिकतामा खाद्य सुरक्षाका लागि कृषिको विकास रहनेछ।

मध्य चीनको हेनान प्रान्तका स्थायी बासिन्दा हुन चङ। जहाँ मकैको उच्च उत्पादन हुन्छ। सन् १९६३ मा 'ग्रयाजुएशन' गरेपछि उनी हेनानको सुनसियान काउन्टीमा कृषि प्राविधक भए। त्यसबेला प्रतिहेक्टर ७५० को हाराहारीमा मात्र मकै उत्पादन हुन्थ्यो।

एक पटक उनी फिल्ड भिजिटमा जाँदै थिए। त्यहाँकी एक महिलाले आँशु झार्दै भनेकी थिइन्- 'तिमी कलेजबाट ग्राजुएट भएका छौ। के तिमीले मकैको उत्पादन बढाउने कुनै उपाय दिन सक्छौ? यदी उत्पादन बढी भयो भने हाम्रा सन्तानहरु भोकमा पर्ने थिएनन्।'

त्यसपछि उनले आफ्नो जीवन नै मकैको उच्च उत्पादन दिन प्रजातीको विकास गर्न बिताए।

सन् १९६४ मा उनी हेनान पुगेका थिए। जहाँको मौसम अली गर्मी थियो। र, उनले त्यहाँ मकैका नयाँ नश्ल विकासको काम सुरु गरे। उनले पहिलोपटक मकै रोप्ने अवधीलाई कटौती गर्दै 'हाइब्रिड' नश्नलको विकास गरे। उनले विकास गरेको नयाँ नश्लले सुनसियानका कृषकहरुको उत्पाद बढ्यो। प्रतिहेक्टर ७५० केलो वार्षिक मकै उत्पादन गर्ने उनीहरुको उत्पादन प्रतिवर्ष प्रति हेक्टर तीन हजार ७५० किलो पुग्यो।

स्थानीय किसानहरुले उनले विकास गरेको नश्ललाई 'गोल्डन विन्स'को नाम दिए।

दक्षिणी चीनको सुन्दर तटीय क्षेत्र हुँदाहुँदै पनि त्यहाँका स्थानीयहरु गरिबीले पिल्सिएका थिए। स्थानीयहरुले त्यस ठाउँलाई मुसा, लामखुट्टे, जुका र विषालु सर्पहरुको बस्तीको रुपमा व्याख्या गर्थे।

त्यतिबेला उनले सबै काम आफ्नै लगानीमा गरे। उनले त्यहाँको मैकै बालीमा सार्वजनिक शौचालयबाट मलको व्यवस्था गरे। उनी त्यहाँका स्थानीयको घरमा २० वर्ष बसे। उनी त्यहाँ बस्दा नियमित जस्तो पहाडहरु चढ्थे र खाना पकाउनका लागि दाउरा बोकेर फर्किन्थे।

उनको कडा मिहिनतले अहिले उपलब्धी दिएको छ। चङले विकास गरेका उच्च उत्पादन दिने १४ नयाँ प्रजातीलाई चिनियाँ अधिकारीहरुले स्वीकृत गरेका छन्।

अब केही समयमा चङले आफ्नो ५७ औं चिनियाँ नयाँ वर्ष सान्याको खेतबारीमा बिताउँदै छन्। अहिले उनी १० जनाको अनुसन्धान टोलीको नेतृत्व गरिरहेका छन्। त्यहाँको अनुसन्धान सुविधाहरु अधिक राम्रा छन्।

चङले अझै पनि उच्च उत्पादन दिने मेसिनले बाली भित्राउन सहज हुने खालका मकैको प्रजाती विकासका लागि दत्तचित्त भएर लागेका छन्। उनी अझै पनि हरेक दिन मकैबाली हेर्न बारीमा पुग्छन्। मकैको विरुवाको तथ्यांकहरु राख्छन्।

'बिज रोप्नु भनेको बच्चा हुर्काउनु जस्तै हो। सावधानी पूर्वक गरिने हेरचाहले तपाईँलाई उनीहरुसँग सहज घुलमिल हुन मद्दत गर्छ। यसले उनीहरुको सवल पक्षसँगै कमजोरी पत्ता लगाउन मद्दत गर्छ। यसले उनीहरुलाई स्वस्थ रुपमा हुर्काउन सहयोग पुग्छ' उनले भने।

सिन्ह्वामा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell