PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण



पहिलोपोस्ट

उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण
FILE Photo : EPA

उत्तर कोरियाले बुधवार 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण गरेको जनाएको छ। केसीएनएका अनुसार उक्‍त मिसाइलले ७०० किलोमिटर तय गरेको थियो। यो मिसाइलले ब्यालेस्टिक मिसाइलभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्छ।

बुधवार दक्षिण कोरियाले भने उत्तर कोरियाले 'ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दाबी गरेको थियो। जापानी कोस्ट गार्डहरुले पहिलोपटक देखेको मिसाइल प्रहारबारे अमेरिकी निकायसँग मिलेर दक्षिण कोरियाले विश्लेषण गरिरहेको थियो।

उत्तर कोरियालले दोस्रोपटक 'हाइपरसोनिक मिसाइल' परीक्षण गरेको हो।

गत महिना नेता किम जोङ उनले आफ्नो रक्षा क्षमता बढाउने घोषणा गरेपछि पहिलोपटक मिसाइल परीक्षण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell