PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

ओमोक्रनको कारण सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित



पहिलोपोस्ट

ओमोक्रनको कारण  सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित
Grammy

सन् २०२२ को 'ग्रामी अवार्ड' स्थगित भएको छ। सांगितिक क्षेत्रको ठुलो अवार्ड ग्रामी अवार्ड ३१ जनवरीमा हुने भनिएको थियो। अमेरिकाको लस एन्जेल्समा हुने भनिएको ग्रामी अवार्डको ६४ औँ संस्करण ओमोक्रन भेरियन्ट फैलिएर कोरोना संक्रमित संख्या बढे पछि स्थगित गरिएको हो।

सीबीएस र द रेकर्डिङ एकडेमीले एक संयुक्त प्रेस वक्तव्य निकाल्दै कोरोना संक्रमणका कारण समारोह स्थगित गरेको जानकारी दिएको छ।

शहर तथा राज्यका अधिकारीहरु, स्वास्थ्य र सुरक्षा विशेषज्ञ लगायत कलाकारहरु सबैसँग छलफलपछि अवार्ड समारोह स्थगित गरिएको आयोजकले जनाएको छ। छिट्टै समारोहको नयाँ मिति सार्वजनिक हुनेछ।

अवार्डका लागि मनोनयनमा पर्ने कलाकारहरुको सूची गत नोभेम्बरमा नै घोषणा गरिएको थियो।

पछिल्लो वर्ष पनि कोरोना महामारीका कारण २०२१ को ग्रामी अवार्ड समारोह स्थगित गरिएको थियो। जनवरी ३१ मा हुने भनिएको अवार्ड मार्चमा सम्पन्न भएको थियो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell