PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भोलिसम्मको 'अल्टिमेटम' दिँदै शिक्षा मन्त्रीले केएमसीका प्रिन्सिपललाई भने : बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्



पहिलोपोस्ट

भोलिसम्मको 'अल्टिमेटम' दिँदै शिक्षा मन्त्रीले केएमसीका प्रिन्सिपललाई भने : बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्
तस्विर : रासस

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज संचालकलाई कारबाही गर्ने बताएका छन्।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा गएका थिए।

चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज संचालकले बढी शुल्क लिन नपाउने उनले बताए। अनुगनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, 'बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्। अन्यथा कानुनअनुसार कारबाही हुन्छ।'

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेश गर्न पनि निर्देशन समेत दिएका छन्। 'भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्' मन्त्री पौडेलले निर्देशन दिँदै  भने।

मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रवार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छिन्।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधवारदेखि तालाबन्दी एवं प्रदर्शन गर्दै आइरहेका छन्। बुधवार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell