PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

फिल्म 'कौसीद' को टिजर सार्वजनिक



पहिलोपोस्ट

फिल्म 'कौसीद' को टिजर सार्वजनिक

काठमाडौं : फिल्म 'कौसीद' को टिजर सार्वजनिक भएको छ। कोभिड १९ महामारीबिच फिल्मको छायाङ्कनसँगै पोष्ट प्रोडक्सनको काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए।

सार्वजनिक टिजरमा अभिनेता भोलाराज सापकोटालाई देख्न सकिन्छ। टिजरमा उनले पिँजडामा खरायो बोकेको देख्न सकिन्छ। वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा समेटिएको बताइएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा यो फिल्‍म निर्माण भएको हो।

फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ। केदार भुसाल निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा रुपमा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।

निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निसाल पौडेलको छायांकन रहेको छ।

कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचार प्रसारको थालनी गर्ने टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell