PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता



पहिलोपोस्ट

बताससँगको सम्बन्धबारे आरजु राणाको प्रष्टीकरण : छैन संलग्नता

काठमाडौं : व्यापारिक घराना बताससँग आफ्नो कुनै संलग्नता नरहेको आरजु राणा देउवाले प्रष्टिकरण दिएकी छिन्। पछिल्लो समय नारायणहिटी दरबारमा बन्दै गरेको रेस्टुराँ विवादित भएपछि राणा पनि त्यसमा तानिएको थिइन्।

उनले आफ्नो संलग्नता रहेका संस्थाहरुको सूची समेत सार्वजनिक गर्दै त्यसबाहेक अन्य संस्थासँग कुनै नाता नरहेको प्रष्ट्याएकी हुन्।

'संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ,' राणाले आफ्नो फेसबुकमा पोस्ट गरेकी छिन्। उनले ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी, सुरक्षित मातृत्व  संजाल  महासंघ, नामी, उल्लेन्स  स्कुल र ब्लड डोनर्स एसोसिएसन नेपालसँग मात्र आवद्धता रहेको जनाएकी छिन्।

रुडुक, साथी र सुरक्षित मातृत्व संजाल गैर सरकारी संस्था हुन् भने नामी र उल्लेन्स शैक्षिक संस्थाहरु हुन्। यी दुवै महँगा विद्यालय र कलेजका रुपमा स्थापित छन्। 

बतास अर्गनाइजेसन अन्तर्गतको बतास फाउन्डेसनमा सल्लाहकारका रुपमा उनी रहेको उक्त संस्थाको वेबसाइटमा उल्लेख थियो। त्यसैलाई आधारमा मानेर उनको बतास समूहसँग संलग्नता रहेको सार्वजनिक भएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell