A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6985c4d04a1b28.47052270): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6985c4d04a1b28.47052270,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6985c4d0553376.15473043): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6985c4d0553376.15473043,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एकाएक 'नव धनाढ्यमा' उक्लिएका सौर्य एयरलाइन्सका दीपकलाई '५० लाख प्रकरण'ले कहाँ पुर्‍याउला?
PahiloPost

Feb 6, 2026 | २४ माघ २०८२

एकाएक 'नव धनाढ्यमा' उक्लिएका सौर्य एयरलाइन्सका दीपकलाई '५० लाख प्रकरण'ले कहाँ पुर्‍याउला?



अनन्तराज न्यौपाने

एकाएक 'नव धनाढ्यमा' उक्लिएका सौर्य एयरलाइन्सका दीपकलाई '५० लाख प्रकरण'ले कहाँ पुर्‍याउला?

विराटनगर : स्रोत नखुलेको ५० लाख प्रकरणमा तानिएका दीपक पोखरेलको आर्थिक हैसियत छोटो समयमा नै माथि पुगेको राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पोखरेल सौर्य एयरलाइन्सका अध्यक्ष हुन्।

विराटनगरबाट काठमाडौं गएको सौर्य एयरलाइन्समा चाउचाउको कार्टुन भित्र ५० लाख रुपैयाँ बरामद भएको थियो। उक्त रकम कसको भन्ने नखुलेपछि प्रहरीले सोही एयरलाइन्समा कार्यरत रेशा शाक्य पोखरेललाई नियन्त्रणमा लिएको थियो। साथै यस प्रकरणमा एयरलाइन्सको विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेल पनि समातिएका थिए।

दुई कर्मचारी समातिएपछि अध्यक्ष पोखरेलले उक्त रकम आफ्नो भएको जनाउँदै कर्मचारीलाई छोड्न लिखित निवेदन दिएका थिए। त्यसपछि विभागको अनुसन्धानमा उनीमाथि सोझिएको हो। त्यही पत्रका कारण अनुसन्धानमा तानिएका दीपकले बिहीवार विभागमा बयान समेत दिएका छन्।

को हुन् दीपक?

अनुसन्धानले देखाए अनुसार २०४९ मा झापाको चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा मुखिया पदमा कार्यरत कर्मचारी हुन् दीपक पोखरेल। त्यसबेला हालको भद्रपुर नगरपालिका वडा नं ७ जागृतिनगरमा डेरागरी बस्थे। फाइल बढुवा भएर खरदारसम्म भएको थिए उनी।

झापाबाटै सरकारी जागिर छाडेका थिए उनले। यतिखेर उनी विमान सञ्चालक मात्र होइनन्, भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक समेत हुन्। झापाका विभिन्न स्थानमा उनको आफ्नै चिया बगान पनि छ।

जिल्ला प्रशासन कार्यालयमा रहँदादेखि नै उनले आर्थिक हैसियत बलियो बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। पोखरेल सुपारीको कारोबारमा जोडिएपछि आर्थिक हिसाबले थप बलियो बनेका हुन्।

माडवारीले खोजेजस्तै 'चल्तापूर्जा युवक'

सुपारीमा पोखरेलको कनेक्सन पनि रोचक छ।

इन्डोनेसियाबाट आयात गरिएको सुपारी २०६० को दशकमा भारततिर संगठित रुपमा तस्करी हुन थालेको थियो। भारत निर्यात गर्दा मुनामा उल्लेख्य निकाल्न सक्ने भएपछि उनी त्यसतर्फ तानिएका थिए। नाफाको अन्तर थाहा पाएपछि सुपारीका क्यारियर (ओसारपसार गर्ने समूह)ले आफ्नो शुल्क ह्वात्तै बढाए।

'क्यारियरहरू सुपारी भारततर्फ पुर्‍याउँदा प्रतिकिलो १० रुपैयाँका हिसाबले लिन्थे,’एक पैठारीकर्ताले भने, ‘तर सुपारीमा हुने आकर्षक नाफा थाहा पाएपछि उनीहरूले प्रतिकिलो क्यारिङ चार्ज एकै चोटी ४० रुपैयाँ पुर्‍याए।'

ढुवानी खर्च बढेपछि पैठारीकर्ताहरूले अर्को बाटो पक्रिए। त्यो बाटो थियो, इन्डोनेसियाबाट आयातित सुपारीलाई नेपाली उत्पादन भन्ने 'कागज' बनाउने र कानुनी बाटोबाटै भारततिर निकासी गर्ने।

सुपारीका आयाकर्ता अधिकांश मारवाडी समुदायका - झापाका प्रदीप मित्तल र गोविन्द सरिया तथा विराटनगरका दिनेश राठी लगायत। उनीहरूलाई आफ्नो निकासीको उद्देश्य पूरा गर्न प्रहरी–प्रशासन, राजनीतिक दल, डन, पत्रकार सबैसित राम्रो सम्बन्ध राख्न अब्बल मानिसको खोजीमा थिए। पहाडे मूलका चल्तापुर्जा युवकको खोजीका क्रममा माडवारी समुदायको आँखामा परे दीपक।

कानुनी छिद्र पहिचान, आर्थिक प्रगति चामत्कारिक

विदेशबाट सुपारी ल्याएर भारततिर सप्लाइ गर्ने माडवारी समुदायका व्यापारीको 'सुपारी निकासीको आकर्षक योजना' सुनेपछि पोखरेल यसतर्फ तानिए। सुपारी निकासीका लागि कानुनी छिद्र पहिचान गर्ने र त्यसअनुसार अगाडि बढ्ने योजनाका साथ उनी सक्रिय रहे।

वाणिज्य विभाग अन्तर्गतको जिल्ला कार्यालयमा कार्यरत कर्मचारीहरु दीपकको पहिचानका थिए। उनीहरुकै आइडियाबाट दीपकले सुपारी कारोबारमा आफूलाई स्थापित गराए। त्यसैअनुसार सुपारी खेती विकास समिति दर्ता गर्न र आयातित सुपारीको उत्पत्तिको प्रमाणपत्र बनाएर सोही समितिका नाममा भारत निर्यात गर्ने बाटो तय भयो। त्यसपछि त दीपकको प्रगति चामत्कारिक रूपमा हुन थाल्यो। यसपछि उनी आफैँ आयातकर्ता र आफैँ निर्यातकर्ता हुन थाले।

इन्डोनेसियाको सुपारीलाई नेपालको उत्पादन भनेर निर्यात गरिएको विषय विराटनगरमा ओपन सेक्रेट भइसकेको थियो। त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयलाई गम्भीरताका साथ हेर्‍यो। र, निर्देशन दियो - निकासी बन्द गर्न।

नेपालमा उत्पादन भएको भन्दै इन्डोनेसिया लगायतका देशबाट ल्याइएको सुपारी भारततिर निकास गर्ने 'झेली खेल'बारे अख्तियार जानकार रहे पनि निकासी बन्द गर्ने आदेशमा आफैँ अडिन सकेन। अख्तियार प्रमुखमा लोकमानसिंह कार्की आएपछि एकाएक सुपारी आयात खुला गरियो। लोकमान सिंह कार्की आफैँ विवादित बन्दै अख्तियारबाट बाहिरिए। सुपारी आयात फेरि रोकियो।

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन सुपारी आयात गर्न अनुमति दियो। त्यसमा सुपारीको कोटा पाउनेमा पोखरेलकै समूह थियो।

सुपारीको कारोबारसँगै उदाएका पोखरेलको अरुतिर पनि व्यवसाय विस्तार हुँदै गयो। सौर्य एयरलाइन्सबाट काठमाडौं गएको ५० लाख रुपैयाँ र त्यसले सुरु गराएको अनुसन्धानले उनको कारोबारको विरासत कता पुग्छ यसै भन्न सकिन्न। तर यति चाहिँ पक्का हो - उनको कारोबारको चमकमा ५० लाख प्रकरणले 'दाग' भने लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell