PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क अर्को वर्ष समायोजन गर्ने



मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क अर्को वर्ष समायोजन गर्ने

पोखरा : पोखराको मणिपाल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क मिलान गर्ने सहमति गरेको छ। चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका थिए।

विद्यार्थीको गुनासोलाई समर्थन गर्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो।

सम्बन्धित समाचार : मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित

आन्दोलनको एक महिनापछि बुधवार विद्यार्थी संगठन र कलेज प्रशासनबीच अतिरिक्त शुल्क अर्को वर्षको कक्षामा समायोजन गर्ने  सहमति भएको हो। कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको रोहबरमा आन्दोलित विद्यार्थी संगठन र कलेजबीच सहमति भएको थियो। दुबै पक्षबीच सहमति भएसंगै संगठनले कलेजमा लगाएको ताला खोलिदिएको छ।

अनेरास्ववियु गण्डकीका सचीव आरके पोखरेलले संगठन र कलेजबीच कलेजले लिएको शुल्क अर्को वर्षमा समायोजन गर्ने भएको हो।

‘शुल्क लिईसकेपछि प्राविधिक कारणले अहिले फिर्ता गर्न नमिल्ने रहेछ त्यसैले अर्को वर्षमा समायोजन गर्ने सहमति भएको छ,’ उनले भने।

यसका साथै कलेजले विभिन्न विषय र बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell