PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बढ्दै दैनिक कोरोना संक्रमितको संख्या, थप ५४० जनामा देखियो कोभिड १९



पहिलोपोस्ट

बढ्दै दैनिक कोरोना संक्रमितको संख्या, थप ५४० जनामा देखियो कोभिड १९

काठमाडौं : विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै फेरि संक्रमण दर बढ्दै गएको छ। यसबिच नेपालमा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको कोभिड १९ परीक्षण गर्दा ५४० जनामा संक्रमण देखिएको छ।

यस्तै, २७१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ पुगेको छ। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। हलसम्म देशभर ११ हजार ६०२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ६५३ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell