PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। देउवा पुस २६ गते 'भाइब्रेन्ट गुजरात' कार्यक्रममा सहभागी हुन भारत जाने तय भएको थियो। तर, भारतमा बढ्दो ओमोक्रन भेरियन्टका कारण कोरोना संक्रमण बढेपछि त्यो कार्यक्रम नै स्थगित गरिएपछि देउवाको भ्रमण पनि रद्द भएको हो।

'भाइब्रेन्ट गुजरात' कार्यक्रम सहभागी हुन उनलाई भारत सरकारले निमन्त्रणा पठाएको थियो। गुजरात जान देउवाको प्रतिनिधिमण्डल समेत तयार भइसकेको थियो। तर, भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्था र गुजरातमा पनि संक्रमण दर बढेपछि अन्तिम अवस्थामा 'भाइब्रेन्ट गुजरात' कार्यक्रम स्थगित गरिएको थियो।

'अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,' प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने।ख



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell