PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सुदूरपश्चिममा फेरि उकालो लाग्न थाल्यो कोरोना, भारतबाट फर्किएका धेरैलाई संक्रमण



पहिलोपोस्ट

सुदूरपश्चिममा फेरि उकालो लाग्न थाल्यो कोरोना, भारतबाट फर्किएका धेरैलाई संक्रमण

कैलालीः सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेको छ। यससँगै संक्रमण दर पनि बढेको हो।

भारतबाट आएका नागरिकमा संक्रमण देखिने दर ह्वात्तै बढेको हो। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।

गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ४७ र बैतडीको नाका भएर स्वदेश फर्केका एक जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा संक्रमण पुष्टि भएका बाँकी १३ जना भने भारतबाट आएका होइनन्। २४ घण्टामा १३६८ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिमका चार नाका भएर आज १५०० बढी नेपाली स्वदेश फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell