PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ



पहिलोपोस्ट

स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगंजः सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल आउने क्रममा धनुषा लक्ष्मीनिया -१ सिंगरजोडा बस्ने २३ वर्षीय अमितकुमार यादवलाई रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल प्रदेश नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए।

मगरका अनुसार बिहीबार नगराइन नगरपालिका २ को बिओपी र बाहिनीको टोलीले यादवलाई पक्राउ गरेको हो। मोटरसाइकलको डिकीमा लुकाएर ल्याइएको रकम चेकजाँचका क्रममा प्रहरीले फेला पारेको हो। यादवमाथि थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell