PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

लोक सेवाले गर्‍यो २३ उपसचिवलाई नियुक्तिको सिफारिस, को को भए उत्तीर्ण?



पहिलोपोस्ट

लोक सेवाले गर्‍यो २३ उपसचिवलाई नियुक्तिको सिफारिस, को को भए उत्तीर्ण?

काठमाडौँः लोक सेवा आयोगले विभिन्न सेवा र समूहका २३ उपसचिवलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रशासन, न्याय, परराष्ट्र, लेखा, राजस्व, लेखा परीक्षण समूहबाट उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन्।

आयोगको निर्णय अनुसार सामान्य प्रशासन समूहको खुलामा गणेशमान सिं राई, गौतम भण्डारी, कमल भट्टराई, सुरेश पन्थी, अनिल किराती, विवेक घिमिरे र घनश्याम सुवेदी सिफारिस भएका छन्।

सामान्य प्रशासन समूहकै महिला समूहबाट कलाकुमारी गैह्रे र गीता घिमिरे सिफारिस भएका छन्। सामान्य प्रशासनकै आदिवासी जनजाति समूहबाट शेरबहादुर पुन र कोपिला राई सिफारिस भएका छन्।

सामान्य प्रशासनकै मधेशी समूहबाट रत्नेश शशी सिफारिस भएका छन्। दलितबाट शेरबहादुर बागचन्द बिसी सिफारिस भएका छन्।

लेखा समूहको खुलामा ध्रुव कार्की सिफारिस भएका छन्। लेखाकै आदिवासी जनजाति समूहबाट मानबहादुर मगर सिफारिस भएका छन्।

राजस्व समूहको खुलाबाट अमित पौडेल सिफारिस भएका छन्। आदिवासी जनजाति समूहबाट मुक्तिप्रसाद श्रेष्ठ सिफारिस भएका छन्।

लेखापरीक्षण सेवामा खुलाबाट लेखबहादुर थापा सिफारिस भएका छन्।

यस्तै, संघीय संसद् सेवामा खुलाबाट सुशीला आचार्य र नुमराज खनाल शर्मा सिफारिस भएका छन्।

न्याय सेवा खुलामा कृष्णशोभा सुवाल र ललित सापकोटा सिफारिस भएका छन्। परराष्ट्र सेवातर्फको दलित समूहबाट सुजनी राना सिफारिस भएकी छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell