PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भारतको मन्त्रिपरिषदको निर्णय: महाकाली नदीमा पुल बनाउन समझदारी गर्ने, मैत्रीपूर्ण सम्बन्ध थप गहिरिने विश्वास



पहिलोपोस्ट

भारतको मन्त्रिपरिषदको निर्णय: महाकाली नदीमा पुल बनाउन समझदारी गर्ने, मैत्रीपूर्ण सम्बन्ध थप गहिरिने विश्वास
Photo: Joshua Roberts/Reuters

काठमाडौं: भारत सरकारको बिहीवारको क्याबिनेट बैठकले नेपालको दार्चुला जिल्ला र भारतको धार्चुलामा महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ। भारतका विदेश मन्त्री डा एस जयशंकरले ट्वीट मार्फत महाकालीको पुलसम्बन्धी निर्णयले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धमा अझ गहिराइ आउने विश्वास लिएको जनाएका छन्।

 

जयशंकरले अर्को ट्वीटमा बिहीवार नै नेपालका समकक्षी नारायण खड्कासँग फोनवार्ता भएको उल्लेख गरेका छन्। विकास साझेदारी र कोभिडविरुद्धको सहकार्य महत्वपूर्ण भएको भन्दै उनले यसलाई अझ फराकिलो बनाएर लैजाने सहमति भएको जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell