
काठमाडौं: भारत सरकारको बिहीवारको क्याबिनेट बैठकले नेपालको दार्चुला जिल्ला र भारतको धार्चुलामा महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ। भारतका विदेश मन्त्री डा एस जयशंकरले ट्वीट मार्फत महाकालीको पुलसम्बन्धी निर्णयले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धमा अझ गहिराइ आउने विश्वास लिएको जनाएका छन्।
Significant decisions taken by the Cabinet today under PM @narendramodi ’s leadership:
— Dr. S. Jaishankar (@DrSJaishankar) January 6, 2022
-MoU between India and Nepal for construction of bridge over Mahakali River at Dharchula.
An important step that will deepen our friendly ties.
जयशंकरले अर्को ट्वीटमा बिहीवार नै नेपालका समकक्षी नारायण खड्कासँग फोनवार्ता भएको उल्लेख गरेका छन्। विकास साझेदारी र कोभिडविरुद्धको सहकार्य महत्वपूर्ण भएको भन्दै उनले यसलाई अझ फराकिलो बनाएर लैजाने सहमति भएको जनाएका छन्।
Just finished a New Year call with FM Dr. Narayan Khadka of Nepal.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 6, 2022
Was an opportunity to recognize progress on so many fronts. Our Development Partnership and Covid collaboration have been noteworthy. Agreed to broaden the vistas of our cooperation.