PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'ओमोक्रन भेरियन्ट' फैलिएपछि भारतमा १ लाख १७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

'ओमोक्रन भेरियन्ट' फैलिएपछि भारतमा १ लाख १७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
Photo Credit: S.R. Raghunathan / The Hindu

भारतमा एकैदिन १ लाख १७ हजार १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। डेल्टा भेरियन्टको संक्रमणबाट जुधिरहेको भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै पहिलोपटक १ लाख भन्दा बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा दैनिक संक्रमण दर ७.७४ प्रतिशत पुगेको छ।

यस्तै, संक्रमणका कारण ३०२ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ४ लाख ८३ हजार १७८ पुगेको छ।

हालसम्म भारतको २७ वटा राज्यमा ओमोक्रन फैलिसकेको छ। जसकारण कयौं राज्यहरुले विभिन्न प्रतिबन्धहरु फेरि लागू गरेका छन्। नागरिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

‌ओमोक्रनबाट हालसम्म ३ हजार ७ जना संक्रमित भएको फेला पर्दा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भेटिएका छन्। यस्तै, दिल्ली, कर्नाटक, राजस्थान, केरला, गुजरात लगायत राज्यमा पनि ओमोक्रनको प्रभाव बढ्दो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell