PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कपनमा एक जना युवक र युवती मृत भेटिए, पब्जीबाट भएको थियो चिनजान



पहिलोपोस्ट

कपनमा एक जना युवक र युवती मृत भेटिए, पब्जीबाट भएको थियो चिनजान

काठमाडौं : काठमाडौंको कपनमा दुई जना मृत अबस्थामा फेला परेका छन्।

कपनको शिवजी चोक नजिकै रहेको घरको कोठाभित्र एक युवक र एक युवती मृत अवस्थामा फेला परेका हुन्। संखुवासभा घर भएका २५ वर्षीय अनिस जीमी राई र खोटाङ युसुना राई गतराति मृत अवस्थामा फेला परेका हुन्।

'बन्द कोठाभित्र दुई जना मृत भेटिएका छन्। घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,' महानगरीय प्रहरी परिसर काठमाठौंका एसपी दिनेश मैनालीले भने।

उनीहरु २०/२२ दिनदेखि सँगै बस्दै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ। उनीहरुको पब्जी खेल्दा चिनजान भएको र सँगै बस्न थालेको अनुसन्धानमा देखिएको एसपी मैनालीले भने। घटनास्थलमा चक्कु समेत बरामद भएको छ।

दुवैको शव पोर्ट मार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell