PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बेलायतमा 'सेभ मि फ्रम एरेन्जड म्यारिज' भन्दै कसले गर्‍यो विज्ञापन ?



पहिलोपोस्ट

बेलायतमा 'सेभ मि फ्रम एरेन्जड म्यारिज' भन्दै कसले गर्‍यो विज्ञापन ?
Photo : MUHAMMAD MALIK

अहिले सामाजिक संजालमा बेलायतको बर्मिंघमका मुख्य सडकमा 'सेभ मि फ्रम एरेन्जड म्यारिज' लेखिएको होर्डिङ बोर्डको चर्चा छ।

होर्डिङ बोर्डमा एक पुरुषको हाँस्दै गरेको तस्विर पनि छ। उनी विवाहका लागि केटी खोजिरहेका छन्। तर, उनी प्रेम विवाह गर्न चाहन्छन्, 'एरेन्जड म्यारिज' होइन।

२९ वर्षीय मुहम्मद मलिक लन्डनमा बैंक कन्सल्टेन्टका रुपमा कार्यरत छन्। उनलैले होर्डिङ बोर्डहरु खरिद गरेर विवाहको लागि विज्ञापन गरेका हुन्। उनले आफू मन मिल्ने मुस्लिम महिलाको खोजीमा रहेको बताएका छन्। यसरी विज्ञापन गर्न उनले परिवार र साथीभाइसँग पहिला कुरा गरेका थिए। आमालाई मनाउन पहिला गाह्रो भएपनि पछि सबैको साथमा उनले विज्ञापन गरेका हुन्।

होर्डिङ बोर्डमात्रै होइन उनले 'फाइन्ड मलिक अ वाइफ' नामक वेबसाइट नै खोलेर श्रीमती खोज्ने प्रयास गरिरहेका छन्। उनले यसरी विज्ञापन गरेपछि सयौंले 'इन्ट्रेस्ट' देखाउँदै सम्पर्क गर्ने प्रयास गरेको उनले बताएका छन्। यसरी राखिएका होर्डिङबोर्डहरु १४ जनवरीसम्म राखिने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell