PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चाउचाउको कार्टुनमा कसरी ५० लाख आयो? पोखरेलको जवाफ : टिकट बिक्रीबाट !



पहिलोपोस्ट

चाउचाउको कार्टुनमा कसरी ५० लाख आयो? पोखरेलको जवाफ : टिकट बिक्रीबाट !

विराटनगर : सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले विराटनगरबाट ल्याइएको ५० लाख रुपैयाँ कम्पनीको भएको जिकिर गरेका छन्। बिहीवार राजस्व अनुसन्धान विभागमा बयान दिँदै उनले टिकट बिक्रीबाट भएको ५० लाख रुपैयाँ संकलन सौर्य एयरलाइन्सबाट ल्याएको बताएका थिए।

'एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको हो। यो कम्पनीको पैसा हो,' उनले अनुसन्धान अधिकृतसँग भनेको स्रोतले जानकारी दिएको छ।

अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम बैंकिङ च्यानलबाट नपठाएर किन नगदनै किन ल्याइयो? कम्पनीको पैसा भए चाउचाउको कार्टुनमा किन आयो? लगायतका प्रश्न अनुसन्धानका क्रममा गरिएको थियो।

यसखाले प्रश्नको भने उनले प्रष्ट जवाफ दिन सकेनन्। बैंकिङ च्यानलबाट सजिलै रकम पठाउने उपाय हुँदाहुँदै चाउचाउको कार्टुनमा राखेर विमानबाट नगद पठाउनु आफैँमा संदेशपूर्ण गतिविधि हो। पोखरेलको सुपारी कारोबारको कनेक्सन पनि छ। त्यसैले अनौठो प्रकृतिबाट पठाइएको रकम बरामद हुनुलाई सुपारी कारोबारसँग जोडेर पनि हेरिएको छ। 

प्रश्नको प्रष्ट जवाफ नदिए पनि उनले बाबु आमालाई लिएर भारत जाँदै गरेको जानकारी गराएका छन् विभागमा।

बुबा/आमालाई लिएर १५ दिनका लागि भारत जान लागेको जानकारी दिँदै त्यसपछि फेरि आउने प्रतिवद्धता जनाएका थिए उनले। प्रहरीले गत शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो।

पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell