PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सात सय घट्यो सुनमा



रासस

सात सय घट्यो सुनमा
फाइल फोटो।

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ। जसको मूल्य बिहीवार प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर रु एक हजार २ सय २५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell